Section 62
बाधा अड्काउ फुकाउने अधिकार
 (१) यो ऐन कार्यान्वित गर्न कुनै बाधा अड्काउ परेमा सो फुकाउन यस ऐनको परिधिभित्र रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी चाहिंदो आदेश निकाल्न सक्नेछ र त्यस्तो आदेश यसै ऐनमा परेको सरह मानिनेछ ।
(२) उपदफा (१) अन्तर्गत निकालिएको प्रत्येक आदेशको प्रतिलिपिलाई व्यवस्थापिका–संसदको अधिवेशन तत्काल चालू रहेको भए सोही अधिवेशनमा एक हप्ताभित्र र चालू नरहेको भए त्यसपछि आउने अधिवेशनमा एक हप्ताभित्र टेवुल गरिनेछ ।